बैतडीका आइसोलेसन जम्मा ९० कोरोना संक्रमित बाँकी

   २४ असार २०७७, बुधबार ०७:५८  

असार २४, रौतहट । बैतडी जिल्लामा मंगलबार ११ जना संक्रमित थपिएको छ । ११ जना कोरोना संक्रमित थपिएसंगै जिल्लामा संक्रमितको सख्या २ सय ९३ पुगेको छ ।

संक्रमित हुनेमा सिगास गाउँपालिकाका २३ बर्षीय महिला र पञ्चेश्वर गाउँपालिकाका १० देखि ६८ बर्ष उमेर समूहका १० जना रहेका छन । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र गाउँपालिकाको आइसोलेसनमा राखिएको छ । सबैभन्दा बढी संक्रमित पञ्चेश्वर गाउँपमलिकामा ६० जना रहेका छन । त्यस्तै शिवनाथमा ४८, दोगडाकेदारमा ४३, सिगासमा ४०, दशरथचन्दमा ३४, मेलौलीमा २७, सुर्नया १४, पाटनमा १२, पुचौृडीमा ८ र डिलासैनीमा ७ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये २ सय ३ जना डिस्र्चाज भइसकेका छन । बाँकी ९० जना भने जिल्लाका विभिन्न आइसोलेसन र क्वारेन्टिनमा बसेका छन । केहीलाई परीक्षण गरेर संक्रमणमुक्त देखिएपछि घर पठईएको छ, भने कुनै लक्ष्ण नदेखिनेलाई १४ दिनसम्म होम क्वारेन्टिनमा बस्ने भनेर घर पठाइएको हो बैतडीका (कोभिड १९) सम्पर्क ब्यक्ति भुवनप्रसाद जोशीले बताए ।