सुनको मूल्यमा १०० रुपैयाँ वृद्धि, चाँदी स्थिर

   १० पुष २०७७, शुक्रबार ११:३७  

१० पुस, रौतहट । नेपाली बजारमा आज पनि सुनको मूल्यमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ९४ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोलामा ९४ हजार २ सय रुपैयाँमा तोकिएको हो ।

यस्तै तेजावी सुन भाउ आज प्रतितोलामा ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यसैगरी, हिजो तोलामा १ हजार २ सय ८० रुपैयाँमा कारोबर भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाए ।