संसद विघटनविरुद्ध सडकमा उत्रिए; प्रचण्ड–नेपाल पक्ष
१० पुस, रौतहट । संसद विघटनविरुद्ध शुक्रबार बिहान नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समुहले सडक संघर्ष चर्काउने भएको छ ।
बिहीबार सम्पन्न केन्द्रीय समिति बैठकको निर्णयअनुसार प्रचण्ड माधव पक्ष शुक्रबारबाट सडक संघर्षमा उत्रिएको हो ।
आज बिहान १० बजे माइतिघर मण्डलामा आफ्नो समुहका सांसदसहित नेता कार्यकर्ता भेला भएर सर्वोच्च अदालत जाँदैछन् ।
यसैगरी आजै प्रचण्ड माधव पक्षका केन्द्रीय सदस्यहरु सामुहिक रुपमा निर्वाचन आयोग पनि जादैछन् । आयोगमा पुगेर उनीहरुले नेकपाको आधिकारिकता आफुहरुमै रहेको अवगत गराउने छन् ।