दाहाल–नेपाल पक्षले संसद विघटनविरुद्ध पुस १४ गते देशभर प्रदर्शन गर्ने

   ९ पुष २०७७, बिहीबार १५:२०  

९ पुस, रौतहट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष दाहाल–नेपाल पक्षले संसद विघटनको विरोधमा देशभर आन्दोलन गर्ने घोषणा गरेको छ ।

विहीबार दाहाल–नेपाल समूहको केन्द्रीय कार्यसमिति बैठकले संसद विघटनको विरोधमा १४ गते देशभर प्रदर्शन गर्ने घोषणा गरेको हो ।

बैठकले प्रवक्तासमेत रहेका नेता नारायणकाजी श्रेष्ठको नेतृत्वमा आन्दोलन परिचालन समिति गठन गरेको हो । उक्त समिति दुई हजार पाँच सय १ सदस्यीय रहेको बताइएको छ ।