आजसम्म प्रभु बैंकको लाभांश पाउन शेयरधनी बन्नुपर्ने
९ पुस, रौतहट । प्रभु बैंक (PRVU) को लाभांश सुरक्षित गर्न मंसिर ९ गते बिहीबारसम्म शेयरधनी बन्नुपर्ने देखिएको छ ।
बैंकले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्न प्रस्ताव गरेको लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि पुस १० गतेदेखि शेयरधनी दर्ता किताब बन्द गर्ने मिति तोकेको छ । यसअनुसार बुकक्लोजको अघिल्लो दिनसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहने शेयरधनीले मात्र साधारण सभामा सहभागिता जनाउन सक्नुका साथै लाभांश पाउने भएकाले बिहीबारसम्म शेयरधनी बनेका लगानीकर्ताले मात्र लाभांश पाउनेछन् ।
प्रभु बैंकको मंसिर २१ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्तावित १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०।५२ प्रतिशत नगद लाभांश गरी कुल १०।५२५ लाभांश अनुमोदन गराउनेछ ।
जसका लागि बैंकको पुस १ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले पुस २६ गते आइतबार केन्द्रीय कार्यालय बबरमहल काठमाडौंमा बिहान ११ बजे १९ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।