सुनचाँदीको मूल्यमा सामान्य गिरावट
द नेपाल मिडिया
८ पुष २०७७, बुधबार १३:२०
८ पुस, रौतहट । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बुधबार प्रतितोलामा ९४ हजार कायम भएको हो ।
यस्तै, हिजो ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य आज प्रतितोलामा ९३ हजार ५ सय रुपैयाँ तोकिएको महासंघले जनाए ।
त्यसैगरी, चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँले घटेर आज प्रतितोलामा १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।