संसद बिघटनविरुद्धको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाई

   ८ पुष २०७७, बुधबार ११:०३  

८ पुस, रौतहट । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा बिघटन भंग गरेकी संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुमा आज सुनुवाई हुने भएको छ ।

आज उक्त रिटमा सुनुवाई हुन लागेको अदालतको कार्यसुचीमा रहेको हो ।

२०७८ बैशाख १७ गते र २७ गते गरी दुई चरणमा आम निर्वाचन गर्ने समेत घोषण गरेका थिए ।

त्यो असंवैधानिक भएको दावी सहित राष्ट्रपति र प्रधानमन्त्रीलाई विपक्ष बनाएर सर्वोच्चमा रिट दायर भएका छन् । सर्वोच्चमा १ दर्जन रिट दायर भएको छ ।

त्यसमा ११ ओटाको रिटमा आज र अर्को १ रिटको सुनुवाई शुक्रबार हुने कार्यक्रम रहेको छ ।