विघटनविरुद्ध जसपाको केन्द्रीय समिति बैठक सुरु
द नेपाल मिडिया
७ पुष २०७७, मंगलवार १४:४३
७ पुस, रौतहट । जनता समाजवादी पार्टी (नेपाल)को केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ ।
आज बसेको बैठकमा प्रतिनिधि सभा विघटनविरुद्ध रणनीति नबनाउने तयारीमा जसपा रहेको स्रोतले जनाएको हो ।
सांसद विघटन सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि विपक्षी दलहरुले रणनीति बनाउन अहिले आन्तरिक छलफलमा जुटिरहेका छन् ।






