ओली पक्षले नेकपा पार्टी कार्यालयमा लगाए ताल्चा

   ७ पुष २०७७, मंगलवार १२:०६  

७ पुस, रौतहट । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षले नेकपाको धुम्बाराही स्थित पार्टी कार्यालयमा ताला लगाएको छ ।

नेकपा फुटको संघारमा पुगेपछि पार्टी कार्यालय आफ्नो कब्जामा पार्न ओली समुहले पार्टी कार्यालयमा ताला लगाएको स्रोतले जनाएको हो ।

आइतबार सांसद विघटन पछि, आन्तरिक विवादकै कारण लगभग पार्टी फुटको संघारमै पुिगसकेको छ ।

छुट्टा छुट्टै बैठक बोलाएर विभिन्न छलफलमा रहेका ओली र दाहाल नेपाल समुहले एकले अर्कालाई कारवाही गर्ने स्रोतले बताएका छन् ।