ओलीको कदमविरुद्ध जसपाले गरे विरोध प्रदर्शन

   ६ पुष २०७७, सोमबार १६:४८  

६ पुस, रौतहट । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध जनता समाजवादी पार्टीले विरोध प्रदर्शन गर्ने भएको छ ।

जसपाका नेता डा। बाबुराम भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्फत विरोध प्रदर्शनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

‘जनता समाजवादी पार्टीले ओलीको संसद् विघटन गर्ने असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगमनकारी हर्कतका विरुद्ध पुस ८ गते सबै जिल्ला सदरमुकामहरूमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको उनले लेखेका छन् ।

थप संघर्षका कार्यक्रम र भावी रणनीति तय गर्न पुस ७ गते केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइएको समेत सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी जानकारी गराएका छन् ।’