प्रधानमन्त्रीको आरोप; कतिपय नेताले देशमा अनन्त अस्थिरता फैलाउन खोज्दैँ
६ पुस, रौतहट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्दै ओलीले कतिपय नेताले देशलाई अनन्त अस्थिरतामा फसाउन खोजेको आरोप लगाएका छन् ।
आइतबार प्रतिनिधि सभा विघटन र मध्यावधि निर्वाचनको मिति घोषणा भएपछि, देशवासीमा नाममा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
उनले ३ वर्षको समयमा आफ्नो सरकारले उल्लेख्य उपलब्धी र विकास सुचकांकमासमेत अगाडि बढाएको दाबी समेत गरेका छन् ।