प्रधानमन्त्री ओलीको देशवासीका नाममा सम्बोधन शुरू

   ६ पुष २०७७, सोमबार १५:३६  

६ पुस, रौतहट । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन शुरू गरेका छन् ।

प्रतिनिधि सभा विघटन र मध्यावधि निर्वाचनको मिति तय भएपछिको परिस्थितिबारे ओलीले जानकारी गराउन लागेका हुन् ।

आइतवार सरकारले प्रतिनिधि सभा विघटन गरी २०७८ वैशाखमा दुई चरणमा बैशाख १७ गते र २७ गते गरी आम निर्वाचन गर्ने घोषणा गरेको थियो ।