सशस्त्र प्रहरीद्धारा यूरिया मल बरामद
रौतहट २३ असार ।
रौतहटको पश्चिमी नाका इशनाथ नगरपालिका भएर व्यापारीक प्रयोजनको लागी भित्राइएको ठूलो परिमाणको रासायनिक मल यूरिया सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
इशनाथ नगरपालिका ४ लतमरी बाट सशस्त्र प्रहरीले १ सय ७६ बोरा यूरिया मल बरामद गरेको हो । व्यपारीक प्रयोजनको लागी भारत बाट नेपाल तर्फ ल्याइएको १ लाख ५८ हजार रुपैया बराबरको सो मल आवश्यक कारवाहीको लागी गौर भन्सारमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं. ११ गणले जनाएको छ ।
धान खेतको लागी आवश्यक पर्ने सो मलका लागी किसानहरुलाई भने सहुलियत प्रदान गरिएको कार्यालयले जनाएको छ । खेती प्रयोजनका लागी किसानहरु ल्याएको एक बोरा मललाई सशस्त्र प्रहरीले रोकटोक नगरेपछि केही व्यक्तिहरुले व्यवसायीक प्रयोजनको लागी भारत बाट किनेर नेपालमा महङ्गोमा बेच्ने गरेको सूचनाका आधारमा यूरिया मल नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल रौतहटले जनाएको छ ।