बाँकेबाट झापा लैजाँदै ३ ट्रक गोरु नियन्त्रण
५ पुस, रौतहट । बाँकेबाट झापातर्फ लैजाँदै गरिएका ३ ट्रक गोरु पश्चिम नवलपरासीको सुनवलबाट स्थानीयले फेला परेको छ ।
३ वटा ट्रकमा ८२ वटा भेटिएको गोरु छाड्ने र कारबाही गर्ने विषयमा स्थानीय र प्रहरीबीच विवाद भएको हो ।
स्वास्थ्य परीक्षणको प्रमाणपत्रसहित गोरु लाँदै गर्दा मासुको प्रयोजनका लागि लगिएको भन्दै स्थानीय र विश्व हिन्दू महासंघका सदस्यले ट्रक रोकेर अवरोध गरे। ओसारपसारका लागि आवश्यक कागजपत्र भएको पाइएपछि प्रहरीले छाड्न खोजेको थियो ।
तर, स्थानीयले विरोध गरेपछि कानुनी झन्झटका कारण नवलपरासी प्रहरीले रुपन्देही प्रहरीलाई समन्वय गरेर गोरु फर्काइएको प्रहरीले जनाएको छ ।






