सुनको मूल्यमा कति गिरावट, चाँदी स्थिर
२१ मंसिर, रौतहट । नेपाली बजार चार दिन देखि निरन्तर बढेको सुनको मूल्यमा आइतबार समान्य गिरावट भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंसिर १९ गते तोलामा ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य प्रतितोलामा २ सय रुपैयाँ घटेर ९२ हजार ७ सय रुपैयाँ कायम भएको हो ।
यस्तै, महासंघका अनुसार आज तेजावी सुनको तोलामा ९२ हजार ४ सय ५० रुपैयाँ तोक्किएको छ ।
सुनको मूल्य घटेपनि चाँदीको भार स्थिर नै रहेको छ ।
शुक्रबार तोलामा १ हजार २ सय १० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज पनि १ हजार २ सय १० रुपैयाँ नै रहेको महासंघले जनाएको छ ।






