एसीसी प्रिमियर कप : सेमिफाइनलमा नेपालले ओमानको सामना गर्ने

   २३ भाद्र २०८३, मंगलवार १५:५३  

नेपालले समूह ‘ए’को विजेता तथा ओमानले समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनलको यात्रा तय गरेका हुन् ।

समूह चरणमा नेपालले तीन जित र एक हारको नतिजा निकाल्यो । बहराइन, मलेसिया र साउदी अरेबियालाई हराएको नेपाल हङकङसँग पराजित भएको थियो ।

यता, ओमानले समूह चरणमा दुई जित र दुई हारको नतिजा निकालेको थियो । कतार र कुवेतसँग समान अंक रहे पनि नेट रनरेटमा अगाडि रहँदा ओमानले सेमिफाइनलमा स्थान बनाएको हो ।

सिंगापुर र कतारलाई हराएको ओमानले कुवेत र यूएईसँगको खेल गुमाएको थियो ।

अर्को समेमिफाइनलमा यूएई र हङकङ भिड्ने छन् ।