रौतहटको यमुनामाईमा वर्ल्डलिंकको उच्च गतिको इन्टरनेट सेवा

   ४ भाद्र २०८३, बिहीबार ०९:४०  

४ भदौं, रौतहट । रौतहट । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकले रौतहटको यमुनामाई गाँउपालिकामा उच्च गतिको इन्टरनेट सेवा सुरु गरेको छ ।

वर्ल्डलिंक गौर शाखाका प्रमुख गौतम श्रेष्ठका अनुसार ग्राहकलाई स्तरीय इन्टरनेट सेवाका लागि ३ सय एमबीपीएससम्मको सेवा प्रदान गरिएको छ । नयाँ प्रविधिमा आधारित सिक्स जी राउटर सहितको इन्टरनेट सेवा यमुनामाईमा वर्ल्डलिंकले सुरु गरेको उनले बताए ।

नेपालकै अग्रणी तथा पहिलो स्थानमा रहेको इन्टरनेट सेवा विस्तार भएपछि यमुनामाईका स्थानियहरुले खुशी व्यक्त गरेका छन । मोबाइल नेटवर्क समेत राम्ररी नटिप्ने पालिकाको कतिपय वडामा नेपालकै नम्बर १ इन्टरनेट कम्पनीको सेवाले अहिले स्थानियको संचारमा पहुच सहज भएको छ ।

वर्ल्डलिंकले १ सय ५०, २ सय र ३ सय एमबीपीएसको सिक्सजी राउटर सहितको इन्टरनेट सेवा सुरु गरेको हो । वर्ल्डलिंकको इन्टरनेटमा अन्य भन्दा बढी सिनेमाको र वेभ सिरिजको साथै १ सयभन्दा बढी एचडी र १२० भन्दा बढी नर्मल च्यानलसहितको टीभी सुविधा ग्राहकले पाएका छन ।