लगातार चार दिन सार्वजनिक बिदा
८ जेठ, काठमाडौं । सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इद (ईद–उल–अजहा) का अवसरमा २०८३ साल जेठ १४ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार गृह मन्त्रालयले उक्त दिन देशभर सार्वजनिक बिदा रहने जनाएको हो।
यसअघि जेठ १५ गते शुक्रबार गणतन्त्र दिवसको सार्वजनिक बिदा परेको छ भने जेठ १६ गते शनिबार नियमित बिदा रहेको छ। साथै, पहिलेदेखि लागू व्यवस्थाअनुसार जेठ १७ गते आइतबार पनि सार्वजनिक बिदा रहने भएको छ।
यससँगै जेठ १४ गतेदेखि १७ गतेसम्म लगातार चार दिन देशभर सार्वजनिक बिदा परेको हो।






