श्रोत नखुलेको ५ लाख सहित २ जना पक्राउ
४ बैशाख, रौतहट । सशस्त्र प्रहरी बलले श्रोत नखुलेको पाँच लाख भन्दा बढी रकम सहित दुई जनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल नेपालको बि.ओ.पि. बेलबिछवाबाट खटेको टोलीले राजदेवी नगरपालिका वडा नं. ०८ बाट ५ लाख २२ हजार नगद सहित एक भारतीय र एक नेपाली नागरिकलाई पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आउदै गरेको बिआर०६ ए ६२९२ नम्बरको भारतीय मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा उक्त मोटर साईकलमा सवार भारत सितामढीका नजिर नटको साथबाट नेपाली रुपैया ३ लाख बाईस हजार र जिल्ला सर्लाही मुम्ताज अंसारीको साथबाट नेपाली रुपैया २ लाख ४ सय नब्बे बरामद भएको प्रस्तावित सिमा सुरक्षा गुल्म गौरका डिएसपी प्रेम सागर बिष्टले बताए ।
पक्राउ परेका दुवै जनाले उक्त रकमको श्रोत खुलाउन नसके पछि मोटर साईकल र नगद सहित दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाहिको लागि गौर भन्सार कार्यालयमा बुझाईएको डिएसपी बिष्टले बताए ।
यसै गरी आजै सशस्त्र प्रहरीले गौर नगरपालिका वडा नं. १ कानुपट्टीमा भारतबाट नेपाल तर्फ ल्याउदै गरेको अवश्थामा १८६ किलो भारतीय बोइलर कुखुरालाई नियन्त्रणमा लिएर नष्ट गरेको छ ।






