भत्कियो प्रभु साहको गढ, रास्वपाका रविन्द्र पटेल विजयी

   २४ फाल्गुन २०८२, आईतवार १७:३६  

२४ फागुन, रौतहट । लगातार चार पटक निर्वाचित भएर १८ वर्ष सम्म प्रतिनिधि सभा सदस्य रहेका प्रभु साह यस पटक पराजित भएका छन ।

२०६४ मा सम्पन्न पहिलो संविधान सभा सदस्य देखिको प्रतिनिधि सभा सदस्यको उनको यात्रालाई समाप्त पार्दै रौतहट क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रविन्द्र पटेल विजयी भएका छन ।

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रौतहट क्षेत्र नम्बर ३ मा यसपटक चुनावी परिणाम उल्टिएको छ। आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष रहेका साह यसपटक पराजित भएका छन ।

निर्वाचनको अन्तिम मतपरिणाम अनुसार घण्टी चुनाव चिन्हबाट उम्मेदवारी दिएका पटेलले २७ हजार ३१८ मत प्राप्त गर्दै विजयी भएका हुन। उनका निकटतम प्रतिस्पर्धी जसपाका गोबिन्द चौधरीले ११ हजार ९५४ मत प्राप्त गरेका छन।

१८ वर्ष देखि प्रतिनिधि सभा सदस्य जित्दै आएका आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष रहेका प्रभु साह यस पटक ९ हजार ८९०मत प्राप्त गर्दै तेस्रोपटक स्थानमा सिमित भएका छ्न ।

रौतहट क्षेत्र नम्बर ३ लाई प्रभु साहको पकड क्षेत्रका रूपमा लिने गरिन्थ्यो । यसपटक भने मतदाताले नयाँ विकल्प रोज्दै रास्वपाका उम्मेदवार पटेललाई विजयी बनाएका छन।