रौतहटको राजपुरमा शंकास्पद वस्तु विष्फोटक नभई माटो
१८ फागुन, रौतहट । रौतहटको राजपुर नगरपालिका ६ को सडकछेउ भेटिएको शंकास्पद वस्तु कुनै विष्फोटक नभई माटो रहेको पाइएको छ ।
वडा नं ६ मा रहेको ग्रामीण सडक किनारमा बेवारिसे अवस्थामा रहेको शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
सूचना प्राप्त हुनासाथ सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेको थियो । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै गौर पुरेनवास्थित नारायण दल गणबाट नेपाली सेनाको बम डिस्पोजल टोली परिचालन गरिएको छ ।
नेपाली सेनाको बम डिस्पोजल टोलिले उक्त शंकास्पद बस्तु निष्कृय पारेको छ । निष्कृय भए पश्चात चेक गर्दा बोरा भित्र कुनै विष्फोटक नभई माटो रहेको पाइएको सेनाले जनाएको छ । नेपाली सेनाको नारायण दल गणले जनाएको छ ।
घटनास्थल वरपर सर्वसाधारणको आवतजावत रोकिएको छ भने सुरक्षा घेरा कडा पारिएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए ।






