चुनावमा भ्रामक प्रचार राेक्न टिकटकसँग आयाेगकाे समझदारी
२१ माघ, काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको स्वच्छता प्रवर्द्धनका लागि निर्वाचन आयोग र टिकटकबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।
निर्वाचन आयोगमा आयोजित कार्यक्रममा आयोगका तर्फबाट सहसचिव नारायण प्रसाद भट्टराई र टिकटकका तर्फबाट फेर्दोस अल मत्ताकिनले समझदारीमा हस्ताक्षर गरेको आयोगले जनाएको छ।

बुधबार आयोजित एक कार्यक्रमकाबीच आयोगका तर्फबाट सहसचिव नारायण प्रसाद भट्टराई र टिकटकका तर्फबाट श्री फेर्दोस अल मत्ताकिनले हस्ताक्षार गरे ।
टिकटकले नेपालमा पवित्र सोचका साथ नि:शुल्क निर्वाचन सफल बनाउने कामहरू गर्न लाग्नु आफैंमा महत्त्वपूर्ण कुरा भएको कार्यबाहक आयुक्त भण्डारीको भनाइ छ ।
निर्वाचन नजिकिएसँगै टिकटकलगायत सामाजिक सञ्जालमा भ्रामक प्रचार बढेपछि त्यस्ता गतिविधि रोक्न निर्वाचन आयोगले टिकटकसँग समझदारी गरेको हो।






