नेपाल प्रहरीका ४८ एसपीको सरुवा, रौतहटमा सिताराम रिजाल
५ माघ, काठमाडौं । नेपाल प्रहरीका ४८ एसपीको सरुवा भएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयले निर्वाचन आचारसंहिता लाग्नुअघि नै ठूलो संख्यामा प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा गरेको छ। प्रधान कार्यालयस्थित मानवश्रोत विकास विभागले एक सूचना जारी गर्दै ४८ जना एसपीको सरुवा गरेको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी रविन कार्कीको सरुवा भएर उनको ठाँउमा नयाँ एसपी सिताराम रिजाल आउने भएका छन । एसपी कार्कीलाई काठमाण्डौ उपत्यका सशस्त्र प्रहरी गण नं. २ महाराजगंज पठाइएको छ ।
एसपीहरु अनन्तराम शर्मा, अनिल कुमार खड्का, अमरेन्द्रबहादुर सिंह, अर्जुन प्रसाद तिमिल्सिना, एक नारायण कोइराला, काजी कुमार आचार्य, कुलदीप चन्द, केशव भट्टराई, गजुसिद्धी बज्राचार्य, गौतम मिश्र लगायतको सरुवा भएको छ ।
गौतम मिश्रलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको आर्थिक प्रशासन महाशाखाबाट जिल्ला प्रहरी परिसर ललितपुर ल्याइएको छ । ललितपुरका प्रहरी प्रमुख चक्रराज जोशीलाई नेपाल प्रहरीको केन्द्रीय विशेष कार्यदलमा पठाइएको छ ।
नेपाल प्रहरीले ८ जना डीआईजीको पनि सरुवा गरेको छ ।






