बाक्लो हुस्सु र कुहिरोले तराईको जनजीवन प्रभावित

   १८ पुष २०८२, शुक्रबार १०:३२  

१८ पुस, रौतहट । बाक्लो हुस्सु र कुहिरोले रौतहट लगायत तराईको जननीवन प्रभावित भएको छ । चिसोले बालबालिका, विद्यार्थी, मजदुर, गरिब, असहाह र ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् ।

स्थानीय घरबाहिर निस्कन सकेका छैनन् । बिहान खुल्ने पसल र बजार पनि ढिलो गरी खुलिरहेका छन् । साँझपख पनि चिसो बढ्न थालेपछि बजार सम्साझैँ सुनसान हुन थालेका छन् ।

बिहान बाक्लो हुस्सु सँगै शित खस्ने र दिनभरी जसो कुहिरो लाग्न थाले पछि सदरमुकाम गौर सहित अन्य पालिकाहरुमा पनि चिसो बढेको छ । कुहीरो संगै चल्ने चिसो हावाले मानिसको चहलपहल मा निकै कमी आएको छ भने रौतहटका स्थानियको जनजीवन प्रभावित हुन थालेको छ ।

कठ्याङ्ग्रिँदो चिसोसँगै हुस्सु लाग्दा सवारीसाधन चलाउन पनि समस्या भएको सवारी चालकहरु बताउछन् ।

चिसो बढे पछि जिल्ला वन कार्यालय रौतहटको सहयोगमा नगरपालिकाहरुले सार्वजनिक स्थल र चोकहरुमा बटुवा तथा स्थानियका लागी आगो ताप्ने व्यवस्था गरेका छन । रौतहटका अधिंकाश पालिकाहरुले आफ्नो क्षेत्रका विद्यालयहरुमा जाडो बिदा लम्बाएका छन ।