मधेश प्रदेश सरकारका मुख्यमन्त्रीले आज विश्वासको मत लिने
द नेपाल मिडिया
४ पुष २०८२, शुक्रबार ११:०२
४ पुस, काठमाडौं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन् ।
प्रदेशसभा सचिवालयका अनुसार, मुख्यमन्त्री यादवले शुक्रबार अपराह्न विश्वासको मत लिने भएकोले सांसदहरूलाई विश्वासको मतका लागि प्रदेशसभाको बैठकमा उपस्थित हुन सन्देश पठाइसकेको छ ।
यादवले विश्वासको मत लिन बैठक बोलाइदिन बुधबार नै प्रदेशसभा सचिवालयलाई पत्राचार गरेका थिए ।
प्रदेशसभा बैठक शुक्रबार अपरान्ह ४ बजेका लागि बोलाइएको छ ।






