सर्लाही रेडक्रसको एम्बुलेन्समा गाँजा तस्करी

   २२ मंसिर २०८२, आईतवार ११:०४  

२१ मंसिर, सर्लाही । आकस्मिक बिरामी बोक्ने एम्बुलेन्सबाट सर्लाहीमा ५१ किलो गाँजा बरामद भएको छ ।

आज बिहान हरिवन नगरपालिका–५ घुर्कौली क्षेत्रमा स्वास्थ्य सेवाको नाममा दुरुपयोग गरिएको एम्बुलेन्सबाट ठूलो परिमाणमा गाँजा बरामद गरिएको हो ।

प्रहरीका अनुसार नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा दर्ता रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा नियन्त्रणमा लिइएको थियो । जाँचका क्रममा एम्बुलेन्सभित्र लुकाएर राखिएको ५१ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

सो घटनासँगै एम्बुलेन्स चालक, रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठा निवासी ३७ वर्षीय सुरेन्द्र राय यादवलाई पनि पक्राउ प्रहरीले जनाएको छ ।