जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी गिरीको सरुवा
३१ असोज रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक नेत्रमणी गिरीको सरुवा भएको छ ।
नेपाल प्रहरीका सात जना एसपीहरूको काज सरुवा भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटमा रविन कार्कीको सरुवा भएको छ ।
आईजीपी चन्द्रकुवेर खापुङले एसपीहरूको काज सरुवा गर्ने निर्णय गरेका हुन् । जिल्ला प्रहरी कार्यालय धनुषामा रुगम कुँवरलाई पठाइएको छ ।
धनुषामा कार्यरत नरहरि रेग्मीलाई प्रहरी प्रधान कार्यालय स्थित कार्य विभागमा र रौतहटमा कार्यरत नेत्रमणि गिरीलाई उपत्यका प्रहरी कार्यालयमा फिर्ता बोलाइएको छ । पछिल्लो समय रौतहट आएका प्रहरी प्रमुखहरु मध्ये एसपी गिरी कार्यसम्पादनमा कमजोर देखिएका थिए । रेग्मी र गिरी २०८२ वैशाख १५ मा जिल्ला गएका थिए ।
मानव बेचबिखन ब्युरोमा विश्वराज खड्का, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा नारायण प्रसाद चिमोरिया र बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा एसपी मुकुन्द रिजाललाई पठाइएको छ । धनुषा पठाइएका कुँवर मानव बेचबिखन ब्युरोमा कार्यरत थिए ।






