रौतहटमा दुई बालिका पानीमा डुबी बेपत्ता

   २० आश्विन २०८२, सोमबार १५:३४  

२० असोज, रौतहट । रौतहटमा २ बालिकाहरु पानीमा डुबेर बेपत्ता भएकी छिन ।

रौतहटको देवाही गोनाही नगरपालिका ६ कर्कच टोलमा आज दुई बालिका पानीमा डुबेकी छिन ।

दिउँसो २ बजेको समयमा खेतको पानी बग्ने ठाउँ (भंगालो) मा नुहाउने क्रममा दुई बालिका हराएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी राजु कार्कीले बताए । हराउने मध्ये रामदयाल रामकी १२ वर्षीया छोरी आरती कुमारी र शिवधारी रामकी ११ वर्षीया छोरी अन्तिमा कुमारी रहेको डिएसपी कार्कीले बताए ।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षकको कमाण्डमा ६ जनाको टोली घटनास्थलमा खटिएको डिएसपी कार्कीले बताए ।

दुबै बालिकाको खोजतलास कार्य भइरहेको उनले बताए ।