कोशी ब्यारेज उच्च खतरामा, ५६ वटै गेट खोलियो
१९ असोज, विराटनगर । सप्तकोशी नदीमा पानीको बहाब यो बर्षकै उच्च भएको छ ।
कोशी ब्यारेजमा गरिएको मापन अनुसार कोशीमा ३ लाख ३५ हजार ३६० क्यूसेक पानी प्रति सेकेण्ड बग्न थालेको छ । ८ बजे बिहान गरिएको मापन अनुसार सप्तकोशीमा पानीको सतह निरन्तर बढ्दो छ ।
अहिले कोशी ब्यारेजको ५६ वटा ढोका खोलिएको छ । सप्तकोशीमा पानीको बहब बढेपनि कटान भने नभएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
सप्तकोशीको पुलमा हलुका सवारी साधनलाई आउजाउ गर्न दिइएको छ । ठूला र हेभी गाडी रोकिएको उनले जानकारी दिए ।
इन्जिनियर र प्राविधिकहरुसँग छलफल गरेर मात्रै पूर्ण आवागमन रोक्ने विषयमा निर्णय हुने उनले बताए । पूर्वी पहाडी जिल्लामा निरन्तर वर्षा हुँदा कोसीमा बाढी बढेको हो ।






