प्रहरी चौकी तोडफोड र आगजनी गर्ने २ जना पक्राउ

   ६ आश्विन २०८२, सोमबार १३:५९  

६ असोज, काठमाडौं । जेनजी आन्दोलनको क्रममा प्रहरी प्रभाग हनुमानस्थान, कुपन्डोलको भवन तोडफोड र आगजनी गर्ने दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका–२ सानेपाकी २४ वर्षीया सृष्टि तामाङ र बैतडीको मलौली नगरपालिका– घर भएका २४ वर्षीय धिरेन्द्र चन्द छन् ।

उनीहरूले प्रहरी प्रभाग हनुमानस्थनमा आगजनी गरेको, सरकारी सम्पत्ति नष्ट गरेको र प्रहरीको पोशाक, धनमालमा क्षति पुर्‍याएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्रा चक्रराज जोशीले बताए ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिओका आधारमा पहिचान गरेर उनीहरूलाई पक्राउ गरिएको प्रहरीले बताएको छ  ।