गौर कारागारबाट २३३ कैदि भागे
२५ भदौ, रौतहट। जेनजी आन्दोलनका कारण दिनभर तनावग्रस्त बनेको रौतहटको सदरमुकाम गौरस्थित कारागार मंगलबार राति रणभूमि बनेको छ।
रौतहटको गौर कारागारबाट २३३ कैदि भागेका छ्न ।
मंगलबार राति हुलहुज्जत गरेर गौर कारगारबाट भागेकामध्ये ३४ जना कैदीबन्दीलाई सुरक्षाकर्मिले पक्राउ गरेको छ । कुल २९१ कैदिबन्दी रहेको गौर कारागारमा २४ जना बाहेक सबै कारागार तोडफोड गरी भागेका थिए ।
भागेकाहरुको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी नेत्रमणी गिरीले बताए ।
यता पर्साको वीरगञ्जस्थित बिर्तामा रहेको कारागारबाट भाग्ने प्रयास जारी राखेका छन् । बिर्ता कारागारमा सुरक्षाकर्मीसँग झडप भइरहेको छ । झडप भइरहेको बेला नेपाली सेनाको टोली पुगेको छ ।
सुरक्षाकर्मीले अवस्था नियन्त्रणमा लिन दुई दर्जन बढी अश्रुग्याँस प्रहार गरेका छन् ।






