रौतहटमा जेन-जी आन्दोलन (तस्वीरहरु)

   २४ भाद्र २०८२, मंगलवार १९:३९  

रौतहटको गौरमा जेन-जीले गौर नगरपालिकाको कार्यालय, नेपाली काङ्ग्रेस, नेकपा एमाले, माओवादीको पार्टी कार्यालय तोडफोड गरेको छ ।

हिजो काठमाडौमा भएको नरसंहारको विरोध गर्दै युवाहरुले गौरमा रहेको जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय, कर कार्यालय लगायतका सरकारी कार्यालयहरु तोडफोड भएको छ।

यसैगरी चन्द्रनिगाहपुरमा ईलाका प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय,चन्द्रपुर नगरपालिका सहितका सरकारी कार्यालयहरुमा तोडफोड तथा आगजनी भएको छ ।

प्रदर्शनकारीले चन्द्रनिगाहपुरमा काग्रेस सभासद देव प्रसाद तिमल्सिना, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल तथा चन्द्रपुरका मेयर सन्जय काफ्लेको घर तोडफोड गरेको छ ।

यस्तै आज भएको प्रदर्शनमा गरुडाका मेयर कन्थमणि कलवारको गाडी र घर तोडफोड भएको छ । जेन-जी समुहले ईलाका प्रशासन कार्यालयमा पनि तोडफोड भएको छ।