नेपाल मदिरा उत्पादक संघको अध्यक्षमा बैजु प्रसाद बावरा पुनः निर्वाचित
२२ भदौ, रौतहट । नेपाल मदिरा उत्पादक संघको केन्द्रीय अध्यक्ष पदमा ज्योती डिस्टलरी प्रा. लि. डुमरिया, रौतहटका संचालक बैजु प्रसाद बावरा दोस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित हुनु भएको छ।
संघको केन्द्रीय निर्वाचन प्रक्रियामा अध्यक्ष पदमा अन्य कुनै उम्मेदवार नआएपछि बावरा सर्वसम्मत निर्वाचित भएका हुन्।

बावरा यसअघि पनि संघको अध्यक्ष पदमा निर्वाचित भई कार्यकाल पूरा गरिसक्नुभएको थियो। उहाँको नेतृत्वमा संघले मदिरा उद्योगसँग सम्बन्धित नीतिगत सुधार, उत्पादन व्यवस्थापन र बजार विस्तारमा पहल गरेको थियो।
पुनः अध्यक्षमा निर्वाचित भएपछि बावराले संघलाई अझ सबल र सक्षम बनाउन, उद्योगको हितका लागि सरकारले गर्ने नीतिगत निर्णयमा प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।






