रौतहटमा ‘गौरीशंकर यादव पत्रकारिता पुरस्कार’ स्थापना
१६ भदौ, रौतहट । गौरीशंकर यादव रौतहट फाउण्डेसन र नेपाल पत्रकार महासंघ रौतहट शाखाबीचको सम्झौताअनुसार अब हरेक वर्ष दुई पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ।
संस्थाका सचिव गौतम श्रेष्ठका अनुसार सम्झौताअनुसार “गौरीशंकर यादव रौतहट पत्रकारिता पुरस्कार” र “गौरीशंकर यादव रौतहट फोटो पत्रकारिता पुरस्कार” गरी दुई पुरस्कारको व्यवस्था गरिएको हो।
प्रत्येक पुरस्कारको राशि ११ हजार रुपैयाँ राखिएको छ र प्रमाणपत्रसहित नेपाल पत्रकार महासंघको वार्षिक साधारणसभामा वितरण गरिनेछ।
श्रेष्ठका अनुसार यस घोषणाले जिल्लामा सक्रिय पत्रकार र फोटो पत्रकारलाई प्रोत्साहन मिल्ने विश्वास गरिएको छ।






