सिचाइ गर्ने क्रममा करेन्ट लाग्दा एक किसानको मृत्यु
द नेपाल मिडिया
१६ भाद्र २०८२, सोमबार १७:१३
१६ भदौ, रौतहट । रौतहटको बौधिमाई नगरपालिका वडा न. ४ ईनरवारिमा कृषि मोटरबाट सिचाईं गर्ने क्रममा स्थानीय अजय नारायण मिश्रको करेंट लागेर मृत्यु भएको छ।
आफ्नै धानखेतमा पानी हाल्ने क्रममा करेन्ट लागेर मिश्रको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।






