बारामा बाघको आक्रमणमा एक पुरुषको मृत्यु

   ११ भाद्र २०८२, बुधबार १८:२६  

११ भदौ, रौतहट । बाराको आधाभार जंगल नजिकै आज बिहान भएको बाघको आक्रमणमा परि एक जनाको ज्यान गएको छ ।

जितपुरसिमरा उपमहानगरपालिका–२२, २ नम्बर पुल निवासी ५५ वर्षीय कृष्ण प्रसाद शर्मा लाई बाघले आक्रमण गरी मारेको हो । घाँस काटन जंगलतर्फ गएका उनको बाघको आक्रमणमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले पुष्टि गरेको छ । शर्मा बिहान करिब ७ः३० बजे घाँस काट्न स्कुटरमा जंगलतर्फ गएका थिए । घर नफर्केपछि आफन्तले खोजतलास गर्दा जंगलभित्र स्कुटी र घाँस मात्र भेटिए पनि उनी फेला परेका थिएनन्।

शर्मा बेपता भएपछि नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले उनको खोजी कार्य शुरु गरेको थियो । सुरक्षाकर्मीहरुले दिउँसो उनको शव फेला पारेको हुन । र बाघको आक्रमणमा परेका शर्माको शव टाउको नभएको अवस्थामा भेटिएको प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए ।