गौरमा सुटकेस भित्र मृत अवश्थामा भेटिइन माधवपुरकी रुवी

   ८ भाद्र २०८२, आईतवार १०:२०  

८ भदौ, रौतहट । रौतहटको गौरमा सुटकेश भित्र कोचिएर फालेको अवश्थामा एक महिलाको शव फेला परेको छ ।

गौर नगरपालिकाको वडा नं. ९ मुडवलवा गेट नजिकै सडकको किनारमा सुटकेश भित्र महिलाको शव भेटिएको हो । हिजो राति वेवारिसे अवश्थामा सडक किनारमा डोरीले बाधिएको सुटकेस फेला परेको थियो ।

मृतक रौटहटको माधव नारायण नगरपालिका–२ माधवपुर माइत भएकी २६ वर्षीया रुवीकुमारी साह रहेको रौतहटका प्रहरी प्रवक्ता डीएसपी राजु कार्कीले जानकारी दिए ।

जिल्ला प्रहरीका डिएसपी राजन कार्की सहितको प्रहरी टोलीले आज बिहान सो सुटकेस खोलेर हेर्दा २६ वर्षीया रुवीकुमारी साहको घाटी थिचेर मारेको अवश्थामा शव फेला परेको हो । ‘प्रारम्भिक अनुसन्धानमा उनी रुवीकुमारी साह रहेको खुलेको छ । उनका आफन्तहरु आएका छन् । मृतकको घर भारतको मुजफ्फरपुर हो । थप कुराहरु बुझ्ने काम हुँदैछ’ डिएसपी कार्कीले भने ।

उनका अनुसार मृतक रुवीका एक छोरा छन् । एक महिनादेखि गौर २ महादेवपट्टीमा उनी डेरा गरी बस्दै आएकी थिइन् । उनको हत्या गरेर शव सुटकेसमा राखेर फालेको हुन सक्ने प्रहरीको आशंका छ ।

घटनास्थलमा प्रहरीले अनुसन्धान पश्चात शवलाई प्रादेशिक अस्पताल गौरमा पठाएको छ । घटनाका बारेमा थप अनुसन्धान गर्न प्रहरीले घटनास्थल नजिकै रहेको एक विद्यालयको सिसिटिभी जाँच गरिरहेको छ ।

यो साता मात्रै रौतहटमा तिन जनाको शव फेला परी सकेको छ । नेपाल लज भित्र मृत अवश्थामा भेटिएका सप्तरीका उपेन्द्र भगत, गौर ५ मा छुरा प्रहार बाट मारिएका सहाबुदिन मिया पछि आज रुवीकुमारी साहको शव भेटिएको हो ।