गौरमा छुरा प्रहार गरी एक युवकको हत्या

   ४ भाद्र २०८२, बुधबार १६:२३  

४ भदौ, रौतहट । रौतहटको गौरमा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ ।

गौर नगरपालिका वडा नंं. ५ गौरी शंकर यादव क्याम्पस नजिकै १८ वर्षिय युवकको छुरा प्रहारबाट घटनास्थलमै ज्यान गएको छ ।

छुरा प्रहार गरेको आरोपमा गौर ३ का सनोज रामलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी राजन कार्कीले बताए ।
मृत्यु भएका युवकको पहिचान हाल सम्म नखुलेको र घटनाबारे अनुसन्धान भइरहेको डिएसपी कार्कीले बताए ।