रकम ठगेर भागेका मनोज अझै फरार
३१ साउन, रौतहट । मौलापुरमा उपभोक्ता समिति मार्फत निर्माण सम्पन्न भएको खानेपानी आयोजनाको लाखौै रकम लिएर फरार भएका मनोज यादव ‘राजन’ अझै पक्राउ परेका छैनन ।
मौलापुरमा खानेपानी आयोजना अन्तर्गत उपभोक्ता समितिले गरेको कामको रकम लिएका यादव फरार रहेका छन । संचारकर्मी समेत रहेका संजय सहनीले मौलापुरमा उपभोक्ता समिति मार्फत सम्पन्न गराएको खानेपानी आयोजनाको ९ लाख ६१ हजार रकम हार्डवेयर पसल तथा अन्यको बक्यौता तिर्न भनि मनोज यादवले लिएका थिए ।
उपभोक्ता समितिका अध्यक्ष बिरचन महराले मनोज यादवले लिएको रकम फिर्ता गराउन जिल्ला प्रहरी कार्यालय रौतहटमा निवेदन दर्ता गराएका छन । “राजन भन्ने मनोज यादवले हामी सँग नगद रकम लिएर बेपता भएपछि उनलाई पक्राउ गरि कानून बमोजिम रकम फिर्ता गराउन हामीले उजुरी दर्ता गराएका छौं ।” अध्यक्ष महराले भने “उनले रकम लिएर सबुत प्रमाण हामी सँग सुरक्षित रहेको छ । प्रहरी प्रशासनले उनलाई तत्काल पक्राउ गर्नुपर्छ ।”
यसैगरी उनी विरुद्ध संचारकर्मी संजय सहनीले समेत जिल्ला प्रशासन कार्यालउमा उजुरी गरेका छन । बारा, पर्सा र काठमाण्डौंको विभिन्न स्थानमा लुकेर बस्दै आएका उनलाई प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
झुक्याएर रकम लिइ केही दिन सम्पर्क विहिन बनेका उनी अहिले लुकेर बस्दै पैसा पचाउने दाउमा लागेको उपभोक्ता समितिका सदस्यहरुले बताए ।
यादवले रुपैयाँ ठगी गरेको भन्ने उजुरी आम जनता पार्टीको केन्द्रीय कार्यालयमा परेपछि पार्टीले यस विषयलाई गम्भीर रूपमा लिँदै यथाशीघ्र आन्तरिक छानबिन प्रक्रिया अघि बढाउने निर्णय गर्दै यादवलाई पार्टीको कार्यालय सदस्यसहित सम्पूर्ण जिम्मेवारीबाट हटाइ सकेको छ ।






