रौतहटको गुजरामा पुरुषको शव फेला

   १९ श्रावण २०८२, आईतवार १२:३६  

१८ साउन, रौतहट । रौतहटको गुजरा नगरपालिका–७ पल्टुवा स्थित बागमतीबाट आएको नहरमा आइतबार बिहान एक पुरुषको शव फेला परेको छ।

बिहान करिब १०:२५ बजे स्थानीयले नहरमा शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए। उक्त सूचनाको आधारमा सुरक्षा बेस सन्तपुरबाट सप्रनाउ राजेन्द्र बहादुर बस्नेतको कमाण्डमा ११ जनाको टोली, साथै इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट ९ जनाको टोली घटनास्थलमा खटिएको थियो।

शव हालसम्म नाम, थर र ठेगाना नखुलेको तथा अन्दाजी ३५/४० वर्ष उमेरको पुरुषको रहेको प्रहरीले जनाएको छ। शव बागमती नदीबाट आएको नहरको पानीमा फसेको अवस्थामा फेला परेको हो।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। शवलाई कानुनी प्रक्रिया पुरा गरी पोष्टमार्टमको लागि अस्पताल पठाउने तयारी भइरहेको छ।