सुनको मूल्यमा एकैदिन तोलामा ३४ सय रुपैयाँको वृद्धि

   १९ श्रावण २०८२, आईतवार ११:१६  

१८ साउन,  काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य तोलामा ३४ सय रुपैयाँले बढेर एक लाख ९६ हजार ५०० रुपैयाँ पुगेको छ।

अघिल्लो दिन छापावाल सुनको मूल्य एक लाख ९३ हजार १०० रुपैयाँ थियो। मूल्यमा यो एकैदिनको ठूलो उकालोले सुन बजार पुनः तातिएको देखिन्छ।

त्यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। अघिल्लो दिन २ हजार २३५ रुपैयाँ रहेको चाँदीको मूल्य आज १५ रुपैयाँले बढेर २ हजार २५० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढावले नेपाली बजारमा पनि असर गरेको हो।