मंचमा बस्ने विवादले उद्योग वाणिज्य संघको सपथ ग्रहण प्रभावित

   ७ श्रावण २०८२, मंगलवार ०८:१०  

६ साउन, रौतहट । भखैरै सम्पन्न निर्वाचन प्रक्रियाबाट विजयी भएका सदस्यहरु मंचमा बस्ने विषयमा कुरा नमिल्दा रौतहट उद्योग वाणिज्य संघको सपथ ग्रहण कार्यक्रम प्रभावित बनेको छ ।

शनिवार सम्पन्न भएको निर्वाचनबाट निर्वाचित भएका सदस्यहरु बिच सपथ ग्रहण कार्यक्रमको मंचमा अतिथिहरु सँग आसन ग्रहण गर्ने विषयमा कुरा नमिल्दा हिजो सोमबार हुनुपर्ने सपथ ग्रहणको कार्यक्रम नै हुन सकेन ।

निर्विरोध चयनित अध्यक्ष, ११ जना निर्वाचित सदस्य र निर्विरोधनै निर्वाचित भएका अन्य सदस्यहरुको सपथ ग्रहणको समय सोमबार तोकिएको थियो । आइतबार दिउँसो देखीनै सपथ ग्रहण कार्यक्रमको खाका बनाउने क्रममा सदस्यमा निर्वाचित संतोष केशरीले आफु पनि अतिथिहरु सँगै मंचमा आसन ग्रहण गर्ने माँग राखे पछि विवाद शुरु भएको हो ।

मंचमा प्रमुख अतिथि र अतिथिहरु सँगै अध्यक्षलाई मात्रै राखेर कार्यक्रम संचालन गर्ने तयारी भएपछि आफुलाई महासचिवको रुपमा सहमति गरेर निर्वाचित गराइएको भन्दै संतोष केशरीले आफु पनि मंचमै बस्ने अडान लिएको निर्वाचित सदस्यहरुले बताए ।

निकै रस्साकस्सीका बिच निर्धारित समय भन्दा ढिलो भएको निर्वाचन पश्चात सपथ ग्रहण कार्यक्रमकै लागी विवाद देखिएपछि स्थानिय व्यापारी निराश भएका छन । प्रमाणपत्र वितरण र सपथ ग्रहण नभए सम्मका लागि निर्वाचित सबै सदस्यकै पदमा रहेकाले कार्यक्रममा मंचमै आसन ग्रहण गर्नका लागी विवाद गर्न नहुने व्यापारीहरु बताउछन ।

सदस्यहरु बिचमा अहिले नै पद र आसन ग्रहणका लागी विवाद हुने हो भने निर्वाचित सदस्यहरु बिच मतदान नै गराएर महासचिव र कोषाध्यक्ष लगायतका पदाधिकारीहरुको चयन गर्नुपर्ने केही सदस्यहरुले बताएका छन ।

आन्तरिक विवादका कारण हिजोको सपथ ग्रहण कार्यक्रम हुन नसकेको निर्वाचन समितिका संयोजक वृजकिशोर यादवले बताए ।