रौतहट उद्योग वाणिज्य संघमा गोपालीको प्यानल विजयी
४ साउन, रौतहट । रौतहट उद्योग वाणिज्य संघको निर्वाचनमा निविरोध निर्वाचित भएका रविन्द्रनाथ गोपालीको प्यानल विजयी भएको छ ।
अध्यक्ष पदका लागि रविन्द्रनाथ गोपाली सर्वसम्मत रूपमा चयन भएका थिए । अध्यक्ष सर्वसम्मत भए पनि अन्य सदस्यका लागी हिजो शनिवार निर्वाचन भएको थियो ।
शनिबार सम्पन्न भएको मतदानको हिजै राति मतगणना भएको थियो । ११ जना सदस्यका लागी भएको निर्वाचनमा सदस्य पदमा सबैभन्दा बढी ५३७ मत संतोष केशरीले प्राप्त गरेका छन । निर्वाचनमा कुल ७३८ जनाले मतदान गरेका थिए । मतगणनाको अन्तीम परिणाम अनुसार सदस्य पदमा रितेश अग्रवालले ५०६, चन्द्रप्रकाश अग्रवालले ४९६, विनोद कुमारले ४९४, राजु जयसवालले ४८१, सुनिल जयसवालले ४७७, भैरव साहले ४७२, मनोज कुसवाहाले ४६९, विजय कुशवाहाले ४०२, दिपेन्द्र झाले ३८८, र अभिमन्यु गुप्ताले ३८५ मत प्राप्त गरेका छन ।
मत परिणाम घोषणा पछि अब विजयी भएका पदाधिकारीहरुको सपथ ग्रहण र प्रमाणपत्र वितरण कार्यक्रम छिट्टै तोक्ने निर्वाचन कार्यक्रममा संयोजक ब्रिजकिशोर यादवले बताए ।






