‘ह्याप्पी बर्थ डे मेरी जान’ भन्दै छात्राको जन्मदिनमा शिक्षकले शुभकामना पठाएपछि रामधुलाई
२९ असार, रौतहट । आफ्नै छात्रा जिस्काएपछि कुटपिट खानुको साथै प्रहरी हिरासतमा पुगेका छन्। जिल्लाको गरुडा- ९ श्रीपुरस्थित श्री माध्यमिक विद्यालयका शिक्षक रवीन्द्र प्रसाद साहले छात्रालाई जिस्क्याएको भन्दै छात्राका आफन्तले विद्यालय तोडफोड समेत गरिदिएका छन् ।
छात्राको जन्म दिनमा ‘ह्याप्पी बर्थ डे मेरी जान’लेखेर पठाएको शिक्षकमाथि आरोप छ। सोही विषयलाई लिएर विद्यार्थी र अभिभावकले उनीमाथि कुटपिट गर्दै विद्यालयमा तोडफोड गरेका हुन्। घटनाबारे जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक ओमप्रकाश यादवको नेतृत्वको टोली उक्त स्थान पुगेको थियो। तर,स्थिति नियन्त्रणभन्दा बाहिर जान थालेपछि प्रहरीले एक राउण्ड अश्रुग्याँस समेत प्रहार गरेको थियो ।
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीले शिक्षक शाहलाई नियन्त्रणमा लिइसकेको जानकारी दिए ।






