रौतहटमा चटयाङ्ग लाग्दा १ जनाको मृत्यु

   १ असार २०८२, आईतवार १५:३८  

१ अषाढ, रौतहट । आज बिहान रौतहटमा चट्याङ्ग लागेर ६५ वर्षिय वृद्धको मृत्यु भएको छ ।

गरुडा नगरपालिका वडा नं. १ जयनगरमा चटयाङ्ग लागेर सियाराम वनियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मौसम बिग्रिएर पानी पर्न थाले पछि घर अगाडि बाधेको बाख्रा खोल्ने क्रममा उनलाई चटयाङ्ग लागेको थियो ।

चटयाङ्ग लागेर गम्भीर घाइते भएका वनियालाई उपचारका क्रममा प्रादेशिक अस्पताल गौर ल्याइएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक नेत्रमणी गिरीले बताए ।

मृतक वानियको शव पोष्टमार्टम पश्चात परिवारजनको जिम्मा लगाइएको छ ।