चन्द्रपुरमा दुर्घटना, एक जनाको मृत्यु

   ३० जेष्ठ २०८२, बिहीबार १२:२६  

बिहीबार बिहान दुर्घटनामा परेर मंगलपुर १ का ३५ वर्षीय बुद्ध लिम्बुको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख लोकेन्द्र अधिकारीले जानकारी दिए ।
‘अपरिचित गाडीले ठक्कर दिएका कारण लिम्बुको मृत्यु भएको हो, हालसम्म गाडीको नाम र नम्बर पत्ता नलागेका कारण प्रहरीले गाडी पत्ता लगाउने काम गरिरहेको छ,’अधिकारीले भने ।
स्थानीयले मृतकको शव उठाउन नमान्दा अहिले पूर्व-पश्चिम राजमार्गमा गाडी रोकिएका छ्न् । गाडी खुलाउन प्रयास भइरहेको उनले बताए ।