रौतहटमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
२१ वैशाख, रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा ट्रक र विद्युतिय गाडी ठोक्कीदा दुई जनाको मृत्यु भएको छ ।
रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. १ मा पौराईमा मालवाहक ट्रक र विद्युतिय गाडी एक आपसमा ठोक्किएको हो । दुर्घटनामा परेर विद्युतिय गाडीमा सवार सर्लाही रामनगर १ खैरवाका ३० वर्षिय धिरेन्द्र ठाकुर र ३६ वर्षिया भगिया देविको ज्यान गएको ।
सर्लाहीको बरहथवाबाट चन्द्रनिगाहपुर तर्फ आउदै गरेको बाग्मती प्रदेश ०३–००१ज०४५२ नम्बरको विद्युतिय गाडी र विपरीत दिशाबाट आएको मधेश प्रदेश०३–००१ख८६०० नम्बरको ट्रक एक आपसमा ठोक्किएको हो ।
गाडिमा सवार रहेका मध्ये दुई जना उपचार भइरहेको तथा अन्यको अवश्था सामान्य रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।






