कार र मोटरसाइकल ठोक्कीदा बुवा छोरीको मृत्यु

   २१ बैशाख २०८२, आईतवार १३:०२  

२१ वैशाख, रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा कारले मोटरसाइकललाई ठक्कर दिदा दुई जनाको ज्यान गएको छ ।

आज बिहान रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ४ मा कारले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार ६० वर्षिय बलिराम सहनी र ४० वर्षिया उर्मिला देवी सहनीको मृत्यु भएको प्रहरीले जनाएको छ । चन्द्रनिगाहपुरबाट निजगढ तर्फ जादै गरेको ना ३ प ९५१२ नम्बरको मोटरसाइकललाई हेटौडाबाट चन्द्रनिगाहपुर तर्फ आउदै गरेको बा ६ चत ३५२६ नम्बरको कारले ठक्कर दिएको थियो ।

मोटरसाइकलमा निजगढ तर्फ जादै गरेका गरुडा नगरपालिका ३ मलाहि टोलका ६० वर्षिय मोटरसाइकल चालक बलिराम सहनीको घटनास्थलमै मृत्यु भएको र सोही मोटरसाइकलमा सवार रहेकी उनकी छोरी उर्मिला देवी सहनीको उपचारका लागी अस्पताल लैजादै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्याालय रौतहटका प्रहरी उपरिक्षक नेत्रमणी गिरीले बताए ।

घटना पश्चात कारका चालक मकवानपुर जिल्ला, हेटौडा उपमहानगरपालिका १२ का कुमार पोखरेललाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको उपरिक्षक गिरीले बताए ।