बारामा एकजना गाडी भित्रै मृत भेटिए, कन्चटमा गोलि हानी हत्या गरिएको आशंका

   ६ पुष २०८१, शनिबार ११:०३  

०६ पुस, बारा । बाराको आमाडार-रमौली सडक खण्डमा शनिवार बिहान कारभित्र एक पुरुषको शव बरामद भएको छ ।

जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका-११ अन्तर्गत पर्ने सडक खण्डमा शनिवार बिहान कारभित्र एक अज्ञात पुरुषको शव फेला परेको छ ।

बागमती प्रदेश ०१-०२८ च ७६१६ नम्बरको कारभित्र भेटिएको शवको टाउकोमा चोट देखिएको प्रहरीले जनाएको छ । मृतक पुरुषको पहिचान भने खुल्न सकेको छैन ।

स्थानीयवासीले मृतकको टाउकोमा गोली लागेको दाबी गरेका छन् । तर, घटनाबारे आधिकारिक पुष्टि नभइसकेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा अनुसन्धान कार्य सुरु भएको र शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाइने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ ।