सुनकाे मूल्य हालसम्मकै उच्च, ताेलाकै एक लाख ५३ हजार

   ५ भाद्र २०८१, बुधबार १४:०६  

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

बुधबार सुन तोलामा ८ सयले बढेर एक लाख ५३ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि मंगलबार सुनको मुल्य १ लाख ५२ हजार २ सय रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य आज प्रतितोला २५ ले बढेर १८३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।